जनसंख्या, विकास र वातावरणको अन्तरसम्बन्ध



पृथ्वीमा मानिसको उत्पती काल देखी नै जनसंख्या बढ्दोक्रममा छ । जनसंख्याको बृद्धि संगै मानिसका आवश्यक्ताहरु पनि बृद्धि हुन थोले । मानिसका असिमित आवश्यक्ताहरुको परिणामस्वरुप नै मानिसले नयां नयां आविस्कारहरु गर्न थाल्यो । भनिन्छ मानिस नै सवै आविस्कार हरुको जननी पनि हो । मानिसको दैनिक जीवन सहज बनाउने देखि लिएर विलासीता र शौखका लागी समेत मानिसले खाजी र अनुसन्धान गर्न थाल्यो । मानिसले गर्ने सवै प्रकारको आविस्कार र अनुसन्धानको प्रयोगशाला पृथ्वी नै हो भने यसको निर्भरता प्राकृतिक श्रोत र साधनहरु नै हुन । यसरी प्राकृतिक साधन माथीको दोहनले वातावरणीय हस हुन थालेको छ । वातावरण विनासले पृथ्वीमा खतरा उत्पन्न गरेको छ । मानिसको जनजीवनलाई प्रभावित बनाएको छ । एकातर्फ मानिसले विकासको लागी प्राकृतिक श्रोत साधनमाथी ब्यापक दुरुपयोग गरेको छ भने अर्कोतर्फ त्यसैको परिणाम स्वरुप मानिसकोे जीवनमा प्रतिकुल प्रभाव परिरहेको छ । जत्तिको विकास आवश्यक छ त्यो भन्दा  बढी मात्रामा बातावरणिय संरक्षण आवश्यक छ । त्यसै गरी जनसंख्या उत्पादनको लागी आवश्यक छ भने उत्पादनले विकासमा सघाउ पु¥याउदछ । तर जनसंख्या तीब्र जनसंख्या बृद्धिले प्राकृतिक श्रोत साधनमाथी बढी असर पारेको हुन्छ । मानिसको प्रकृतिक स्रोत साधन माथीको निर्भरताले अन्तत बातावरणमा हस ल्याउदछ । यही जनसंख्या, बिकास र वातावरण बिचको त्रिकोणत्मक सन्तुलित अन्तरसम्बन्ध नै दीगो बिकास हो ।


जनसंख्या र विकास वीच घनिष्ट सम्बन्ध रहेको हुन्छ । दक्ष र सन्तुलित जनसंख्याले नै विकास गर्न सक्दछन् । आज बिश्वका धेरै मुलुकहरु कम जनसंख्याको मारमा छन् । जनसंख्या दर घट्दोक्रममा रहेको छ । उनीहरुलाई लाग्छ, जनसंख्या मात्र भैदिए कति विकास र प्रगती गर्न सक्ने थियौ । यसै गरी मानव र बाताबरण बिच पनि त्यस्तै घनिष्ट सम्बन्ध रहेको हुन्छ  । मानिसलाई चाहिने स्वच्छ हावा पानी, खाना, लुगा कपडा आदि सवै बातावरणबाट नै प्राप्त भएका हुन् । मानिस हुर्कन देखी नयां आयामको खोजीमा समेत बाताबरण ले प्रभाव पारेको हुन्छ । स्वच्छ र सुन्दर वाताबरणले नै मानिसलाई आफ्नो आवश्यक्ता पूर्ति गर्न मद्दत गरिरहेको हुन्छ । त्यसै गरी स्वच्छ बाताबरण नै बिकासको परिचयाक हो ।



निष्कर्ष
विकास मानवको लागी नभई नहुने प्रक्रिया हो भने विकासको लागी मानवको नै जरुरत पर्दछ । त्यसैगरी मानवद्धारा गरिने जुनसुकै किसिमका क्रियाकलाप पनि प्रकृति माथी निर्भर रहने भएकोले । यसले भईरेको बाताबरणमा खलल पु¥याउदछ । खास गरी जनसंख्या बृद्धि संगै विकासको लागी गरिने हरेक क्रियाकलाप असन्तुलित बाताबरणको लागी जिम्मेवार छन् । बातावरणको असन्तुलन मानव जीवनको लागी खतरा हो । अतः बाताबरणको संरक्षण गर्दै विकासमा लाग्नु आवश्यक छ , यसको लागी आत्मनिर्भर,सक्षम ,शिक्षित र सन्तुलित जनसंख्या हुनु आवश्यक छ ।

Post a Comment

0 Comments