विकेन्द्रीकरण भनेको के हो?


  • सार्वभौम जनताको अधिकार स्थानीय तहमा पु¥याई जनतालाई नै उपयोग गर्न सक्ने अवसर दिने प्रक्रिया ।
  • केन्द्रीय एवम् माथिल्लो निकायबाट गरिदै आएका काम, कर्तव्य, अधिकार, जिम्मेवारी र जवाफदेहिता स्थानीयस्तरका निकाय एवम् तल्लो तहका इकाइहरूमा प्रत्यायोजन र निक्षेपण गर्ने गराउने प्रक्रिया ।
  • शासनको शक्ति, अधिकार र जिम्मेवारी केन्द्रीयस्तरमा मात्र सिमित नराखी क्षेत्र, प्रदेश, अञ्चल, जिल्ला,   गर गाउँ र समुदायको तहसम्म प्रत्यायोजन ,हस्तान्तरण र निक्षेपण गर्ने काम ।
  • सरकार विषयक कार्य, जिममेवारी तथा उत्तरदायित्वको स्थानीय सरकारमा विभाजन ।
  • अधिकारको स्थानान्तरण र अधिकारको निक्षेपणको समष्टिगत स्वरुप ।
  • आपसी सहयोगात्मक पद्धतिमा काम गर्ने सिद्धान्त मा आधारित भइ सेवाग्राहीको सबभन्दा नजिकमा रहेको स्थानीय सरकार (निकाय) ले कुशलता, प्रभावकारिता र मितव्ययिता पूर्वक गर्न सकिने  कार्यहरू त्यहीबाट हुनुपर्छ भन्ने शासकीय अवधारणा ।

नेपालमा विकेन्द्रीकरण विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनका लागि भएका प्रयासहरु लेख्नुहोस्



# नेपालमा किरातकालबाट शुरु भएको मानिन्छ

# लिच्छविकालमा पंचालि नाम दिइएको थियो

#पृथ्वी नारायण शाह पंचायत गठन गरी न्याय प्रदान गर्ने गरेका थिए

# बि.सं. 1975 मा पहिलो पटक ललितपुर नगरपालिका र वि.सं.1976 मा काठमाडौं नगरपालिका गठन वि.सं. 1983 मा मान्यजन कचहरी स्थापना भएको थियो

# वि.सं. 2004 मा गाउ र जिल्ला पंचायतको स्थापना गरियो

# वि.सं. 2006 मा गाउ पंचायत ऐन जिल्ला पंचायत एेन गाउ अदालत ऐन जारी गरिएको

# 2009 सालमा श्री त्रिभुवन ग्राम विकास केन्द्र स्थापना

# गाउ पंचायत ऐन 2018 अनुसार 3347 गाउ पंचायतको स्थापना

# नेपालको संविधान 2019 मा पंचायति व्यवस्थाको स्थापना गरियो

# 2020 सालमा उच्चस्तरीय प्रशासन शक्ति विकेन्द्रीकरण (थापा) आयोग, 2020 को प्रतिबेदन

#उच्चस्तरीय प्रशासन शक्ति विकेन्द्रीकरण आयोगको प्रतिवेदन कार्यान्वयन गर्न बिकेन्द्रीकरण योजना लागु 35 जिल्ला खारेज गरी 75 जिल्ला 14 अंचलको व्यवस्था बडाहाकिम खारेज गरी प्रमुख जिल्ला अधिकारको व्यवस्था भएको

# स्थानीय प्रशासन व्यवस्था अध्यादेश/ऐन 2022 जारी भएको

# 2024 सालमा भोजराज घिमिरेको अध्यक्षतामा 21 सदस्यीय विकेन्द्रीकरण समिति गठन गरिएको

# प्रशासन सुधार आयोग 2025 को प्रतिबेदन: बेदानन्द झा

# 15 सदस्यीय विकेन्द्रीकरण समिति: 2026

# स्थानीय प्रशासन अध्यादेश ऐन, 2028

# जिल्ला प्रशासन योजना 2031

# प्रशासन सुधार आयोगको प्रतिबेदन 2032/33

# एकीकृत पंचायत विकासको प्रारुप 2035

# स्थानीय विकास मन्त्रालय कार्यपत्र 2037

# ६ सदस्यीय विकेन्द्रीकरण उपसमिति 2038: रणबीर सुब्बा, विकेन्द्रीकरण ऐन 2039 जारी

# उच्चस्तरीय विकेन्द्रीकरण उपसमिति 2039: मरिचमान सिंह श्रेष्ठ विकेन्द्रीकरण कार्य व्यवस्था नियमावली 2041 जारी

# नेपाल अधिराज्यको संबिधान 2047

# प्रशासन सुधार आयोगको प्रतिवेदन 2048 निक्षेपण अवधारणा मा जोड

# स्थानीय निकायसम्बन्धी ऐनहरु: गाविस नगरपालिका जिविस ऐन 2048

# आवद्यिक योजनामा व्यवस्था: आठौ योजना देखि

# विकेन्द्रीकरण कार्ययोजना 2052

#उच्चस्तरीय विकेन्द्रीकरण समन्वय समिति 2053 विकेन्द्रीकरण तथा स्थानीय स्वायत्त शासनसम्बन्धी प्रतिवेदन 2053 General Competence Model मा जोड

# स्थानीय स्वायत्त शासन ऐन 2055 र नियमावली 2056 एवं स्थानीय निकाय आर्थिक प्रशासन नियमावली 2064 जारी

# सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन 2057

#स्थानीय निकाय वित्तीय आयोग प्रतिवेदन 2057

#नेपालमा विकेन्द्रीकरण: सम्भावना र चुनौतिहरु नामक प्रतिबेदन

# विकेन्द्रीकरण कार्यान्वयन कार्य योजना 2058: अधिकार निक्षेपण ( प्राथमिक विद्यालय स्वास्थ्य उपचौकि कृषि र पशु सेवा प्रसार स्थानीय पूर्वाधार)

#स्थानीय निकायमा विषयगत सेवा कार्यनिक्षेपणका लागि निर्देशिका तथा दिग्दर्शन: समुदायद्वारा संचालित विद्यालय सञ्चालन निर्देशका 2059

#नेपालको अन्तरिम संविधान २०६३

# नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम एवं बजेट वक्तव्य

Post a Comment

0 Comments