परिचय


राजाराम दासको जन्म २०४७ साल चैत्र २५ गते प्रसिद्ध धार्मिक नगरी जनकपुरधाममा भएको हो । वहाँ पिता सूर्य दास र आमा विन्दा देवी का ४ सन्तानमध्ये जेठो सन्तान हुनुहुन्छ । वहाँको दुई भाई र एक बहिनी हुनुहुन्छ ।

वहाँ एक निर्वाहमुखी निम्न मध्यम वर्गीय  परिवारमा जन्मेर हुर्कनुभएको हो । २०६४ सालमा एस.एल.सी. दिने बेलासम्म वहाँले स्कुल जाने बाहेकको समयमा गाइबस्तुको गोठालो जाने र बुबाआमालाई सघाउने गर्नुहुन्थ्यो । 

राजाराम दासको विवाह २०६७ सालमा राजकुमारी दास सँग भएको हो । वहाँकी दुई छोरी खुशी कुमारी, रूची कुमारी र एक छोरा माधव कुमार हुनुहुन्छ ।

Post a Comment

0 Comments