प्रस्ताव लेखन


प्रस्तावको परिचय

  • प्रस्ताव एउटा विधि हो जसका माध्यमबाट कसैलाई केहि कुरा गर्न आग्रह गरिन्छ ।
  • कुनै कुराको विषयमा केहि गर्न एक पक्षले अर्को पक्षलाई गरिने आग्रह नै प्रस्ताव हो ।
  • प्रस्ताव सल्लाह वा योजनाको रुपमा कुनै व्यक्ति वा समूहमा स्विकार गर्न, मान्न, सहमत हुन प्रस्तुत गरिन्छ ।
  • प्रस्तावमा प्रस्तावक र प्रस्ताव प्रापकगरी दुइ पक्ष हुन्छ ।

प्रस्ताव दुई प्रकारले गरिन्छ :

  • अनौपचारिक रुपमा

प्रस्ताव प्राय छोटो र प्रस्ताव प्राप्त गर्ने पक्षले तत्काल अनैोपचारिक वा औपचारिक प्रतिकृया दिन सक्ने खालको हुन्छ ।
  • औपचारिक रुपमा

प्रस्ताव बिस्तृत, बिश्लेषणात्मक र छोटो तथा लामो अवधिका विषयबस्तु समाबेश गरि गरिन्छ ।

प्रस्ताव लेखनको परिचय

  • औपचारिक रुपमा कुनै विषयमा कुनै व्यक्ति वा निकायसँग केहि गर्न वा आग्रह गर्न लिखित रुपमा पेश गर्दा प्रस्ताव लेखन गरिन्छ ।
  • प्रस्ताव लेखन विभिन्न विषयमा विभिन्न व्यक्ति वा निकायले भिन्ना भिन्नै उद्देश्यका साथ लेख्ने गरिन्छ । जस्तैः सामाजिक कार्यका लागि, विकास निर्माण कार्यका लागि, व्यापार व्यवसायका लागि, अनुसन्धान कृयाकलापहरुका लागि आदि ।
  • प्रस्ताव सम्भावित योजना अनुसार लामो वा छोटो हुन सक्छ ।
  • प्रस्ताव लेखनमा योजनाको प्रकृति हेरी प्रस्तावित ढाँचा, आधार, प्राथमिकता, समयावधि, समय तालिका फरक पर्न सक्छ ।
  • प्रस्ताव माग्नु भन्दा अगाडी अवधारण पत्र मुल्याङ्कन गर्ने पनि गरिन्छ ।
 प्रस्ताव लेखनका आधारभूतपक्षहरु

प्रभावकारी प्रस्ताव लेखनका ६ वटा नियमहरु निम्नानुसार छन

  1. सत्य तथ्यमा आधारित
  2. संक्षिप्त जानकारी
  3. स्पष्ट तथा बुझ्न सकिने
  4. पूर्ण जानकारी
  5. तर्कसंगत र सहि विश्लेषणमा आधारित
  6. कार्य विवरण स्पष्ट क्रमबद्ध रुपमा पेश गरिएको

प्रभावकारी प्रस्ताव लेखनका ३ वटा उपनियमहरु निम्नानुसार छन

  1. सरलिकृत गर्ने
  2. पुष्ट्याइ गर्ने
  3. परिणाम तोक्ने

प्रस्ताव लेखनको सामान्य ढाचाँ (General format of Proposal Writing) 

१. आयोजनाको नाम (Name of the project)
छोटो, औचित्यता दर्शाउने, समस्या, अवसर तथा समाधानका उपाय लेख्ने ।
(प्रस्तावमा के के छ भन्ने कुरा थाहा पाउन सकोस ।)

२. आयोजनाको दूरदृष्टि (Vision and idea of the project)
३. दीर्कघालीन लक्ष्य तथा उद्देश्यहरु (Mission and objectives of the project)

४. कार्यक्रमहरु (Programs)
५. रणनीतिहरु (Strategies)
६. साधनस्रोतको व्यवस्था (भौतिक¸ वृत्तीय¸ मानवीय आदि)
(Management of Physical, Financial, Human resources etc.)
७. समय (Time frame)
८. अनुगमन योजना (Monitoring plan)
९. आयोजनाका मुख्य उपलष्धी तथा प्रतिफल (Key achievement and outcomes  of the Project)
१०. निष्कर्ष (Conclusion) 

Scan To Contribute

 

Post a Comment

0 Comments