नेपालको आर्थिक विकासमा भौगोलिक विविधताले पारेको प्रभाव


नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको मुलुक हो । विश्वकै गहिरो अरुण उपत्यकादेखि सर्वोच्च शिखर सगरमाथा यहीँ अवस्थित छ । यस्तो भौगोलिक विविधताले नेपालको आर्थिक विकासमा निम्न प्रभाव पारेको छ :
क) सकारात्मक प्रभाव
– नेपालको पहाडमा रहेका विभिन्न किसिमका खनिजको प्रयोगबाट आर्थिक उन्नति गर्न सकिने
– विभिन्न किसिमका मनमोहक सुन्दर ताल, नदीनाला, वन जंगल र हिमालको अवस्थितिले पर्यटकीय आकर्षण बढाएको छ
– अन्न भण्डारको रूपमा तराईमा उत्पादित विभिन्न बाली मार्फत उपभोग आवश्यकता पूरा गरेको छ
– हावापानीको विविधता रहँदा अन्नबाली तथा नगदे बालीको फरक मौसममा पनि उपलब्धता हुन सकेको छ ।
ख) नकारात्मक प्रभाव
– बाढी, पहिरो, भूक्षय डुवान जस्ता प्रकोपका कारण आर्थिक भार बढ्ने गरेको
– हिमाल तथा पहाडी क्षेत्रमा खेतीयोग्य भूमिको अभाव भएको र सिंचाई सुविधा पु¥याउन कठिन भएको
– भिर, पाखा, खोल्साका कारणले यातायात विकास गर्न अत्यधिक आर्थिक स्रोत जुटाउनु परेको
अन्त्यमा, नेपालको भौगोलिक विविधताले प्रत्यक्ष रूपमा आर्थिक विकासमा प्रभाव पारेको छ । सकारात्मक प्रभावको सवलीकरण गर्दै नकारात्मक प्रभावको न्यूनीकरणमा ध्यान दिइएमा आर्थिक विकासमा तिब्रता आउने देखिन्छ ।

Post a Comment

0 Comments