हवापानी : किसिम र बिशेषता


हावापानीको आधारमा नेपालको वर्गीकरण
फरक–फरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारकोहावापानी पाइन्छ । यसलाई निम्न अनुसार ५ प्रकारमा वर्गीकरण गर्ने गरिएको छ:
१. उष्ण मनसुनी हावापानीः समुन्द्री सतहदेखि १२०० मिटरसम्मको उचाईमा
२. न्यानो समशीतोष्ण हावापानी: १२०० मिटरदेखि २१०० मिटरसम्म
३. ठण्डा समशीतोष्ण हावापानी: २१०० मिटरदेखि ३३०० मिटरसम्म
४. लेकाली हावापानी: ३३०० मिटरदेखि ५००० मिटरसम्म
५. हिमाली हावापानी: ५००० मिटरदेखि ८८४८ मिटरसम्म

 उष्ण मनसुनी हावापानी
⦁        समुद्र सतहदेखि करिब १,२०० मिटर (४०००फिट) उचाईसम्मका क्षेत्रहरू तराई, भावर, दुन र चुरे       पर्वतको फेदतिर पाइने हावापानीलाई उष्ण हावापानी क्षेत्र भनिन्छ ।
⦁        यस क्षेत्रको सरदर तापक्रम गर्मी याममा १५—४० डिग्री से. सम्म हुन्छ भने शीतकालमा १५—         ५ डिग्री से.सम्म ओर्लिन्छ ।
⦁     अन्य क्षेत्रको तुलनामा यहाँ अत्याधिक गर्मी हुन्छ । जसमा बर्दिया, नेपालगन्ज, कैलाली, भैरहवा,        विराटनगर, बुटवल जस्ता ठाउँहरू पर्दछन् ।

⦁        वर्षा ऋतुमा यहाँ सरदर २०० सेन्टिमिटर (१३००—२६०० मिलिमिटर) सम्म वर्षा हुन्छ भने गृष्म ऋतुमा तातो हावा (लु) बहन्छ ।
⦁        जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभए पनि कृषि कार्य (विशेषत :धान र जुट) का लागि उपयोगी मानिन्छ । 

न्यानो समशीतोष्ण हावापानी
⦁        चुरे पहाड र महाभारत पर्वतको १२०० मिटरदेखि २१०० मिटरसम्मको उचाईमा पाइने हावापानीलाई न्यानो समशीतोष्ण हावापानी भनिन्छ ।  यस क्षेत्रमा गृष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ ।
⦁        गृष्म ऋतुमा तापक्रम २४—३० डिग्री से.सम्म पुग्दछ भने हिउँदमा ० डिग्री से. सम्म ओर्लिन्छ । गर्मीमा यस क्षेत्रमा १२५ सेन्टिमिटर सम्म वर्षा हुन्छ । वर्षा दक्षिणबाट उत्तरतर्फ क्रमश: कम हुँदै जान्छ ।

ठण्डा समशीतोष्ण हावापानी
⦁        महाभारत पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा २,१००—३,३०० मिटर सम्मको उचाईमा ठण्डा समशीतोष्ण हावापानी पाइन्छ ।
⦁        यस क्षेत्रमा तापक्रम १५—२० डिग्री सेल्सियस र जाडोमा ० डिग्री से. भन्दा तल हुन्छ । गर्मीमा वर्षा १०० सेन्टिमिटरसम्म हुन्छ भने हिउँदमा हिउँ वर्षिन्छ ।
⦁        न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ र जीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ ।

लेकाली हावापानी
⦁        ३,३०० मिटरदेखि ५,००० मिटर उचाईसम्मको हिमाली क्षेत्रको शुष्क ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ ।
⦁        यो क्षेत्रमा गर्मीमा १०—१५ डिग्री से. सम्म तापक्रम पाइन्छ भने जाडोमा ० डिग्री सेल्सियम भन्दा तल पुग्दछ ।
⦁        यहाँ वर्षा वर्षभरिमा करिब ४० सेन्टिमिटरसम्म हुन्छ ।
⦁        यस्तो हावापानी भएको क्षेत्रमा खेतीपाती हुँदैन तर पशुपालनका लागि राम्रो मानिन्छ ।

टुण्ड्रा हावापानी
समुन्द्र सतहबाट ५,००० मिटरभन्दा माथिको उचाईंमा रहेको उच्च हिमाली क्षेत्रमा पाइने हावापानीलाई टुण्ड्राहावापानी भनिन्छ । यसलाई लेकाली हावापानी पनि भनिन्छ ।
⦁        यहाँको तापक्रम ० डिग्री सेल्सियसभन्दा कम र वर्षाको रूपमा हिउँनै वर्षन्छ ।
⦁        यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ ।
⦁        यहाँको हावापानीलाई हिमाली मरुभूमि जलवायु पनि भनिन्छ ।

ऋतु परिवर्तनका कारण
⦁        पृथ्वी गोलाकार हुनु 
⦁        पृथ्वीको अक्ष साढे ६६ डिग्रीको कोणमा ढल्कनु
⦁        पृथ्वीले सूर्यको परिक्रमा गर्नु
⦁        पृथ्वीको कक्ष अन्डाकार हुनु
⦁        पृथ्वीको अक्ष सधै एकनास रूपमा ढल्कनु      


 हावापानी विविध
⦁        नेपालको चेरापुँजी भनेर लुम्ले (कास्की) लाई चिनिन्छ ।
⦁        नेपालमा मनसुनको प्रवेश वंगालको खाडीबाट हुन्छ ।
⦁        एउटै अक्षांश रेखामा पर्ने भएतापनि नेपालगंज र नाम्चे बजारमा फरक फरक हावापानी पाइन्छ । 
⦁        नेपालमा सबैभन्दा बढी जाडो हुने ठाउँ मुस्ताङ्ग हो ।
⦁        नेपालमा सबैभन्दा बढी गर्मी हुने ठाउँ नेपालगञ्ज हो ।
⦁        नेपालमा सबैभन्दा बढी वर्षा हुने स्थान लुम्ले कास्की हो ।

Post a Comment

0 Comments